उपराष्ट्रपति पुनले भेटे वर्षमान पुनलाई
काठमाडाैं | माघ ४, २०७९
काठमाडौं: उपराष्ट्रपति नन्द किशोर पुन उपचाररत पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुग्नु भएको छ । उपराष्ट्रपति पुनले बुधवार बिहानै अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनु भएको हो ।
भेटका क्रममा चिकित्सकहरूले नेता पुनको अवस्था क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी गराएका थिए । पुस ३० गते अस्पतालमा भर्ना हुनु भएका नेता पुनको उपचार प्रभावकारी बनाउन अस्पताललाई उपराष्ट्रपति पुनले निर्देशन समेत दिनुभएको सचिवालयले जनाएको छ ।
पोखरा: ‘स्वास्थ्य र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नारासहित स्थापित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लबको प्रवास शाखालाई स्वागत तथा सम्मान गरेको छ । शनिबार पोखरामा आयोजित का...
धादिङ: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नम्बरको...
पोखरा: कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले पोखरा महानगरपालिका–३० का मतदातासँग भेटघाट गरेका छन् । शुक्रबार दिनभर उनले शिशुवा, मोहर...

